Comments Add Comment

अफगानिस्तानका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु

१० साउन, काठमाडौं । अफगानिस्तानमा तालिवान आक्रमण नियन्त्रणका लागि ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातिको समयमा कर्फ्यु आदेश जारी गरिएकोे अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मे महिनाको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ ।

‘हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहरबाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू लागू गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कर्फ्यू आदेश स्थानीय समयअनुसार बेलुका १० बजेदेखि बिहान ४ बजेसम्मका लागि प्रभावकारी हुने आन्तरिक मन्त्रालयका नायब प्रवक्ता अहमद जिया जियाले पत्रकारसँग बताए । अमेरिकी नेतृत्वमा रहेका विदेशी सेनाहरूको पूर्ण वापसीपछि पुनः शक्ति आर्जन गर्दै तालिबानले अफगानिस्तानका झण्डै ४०० जिल्लामध्ये आधा क्षेत्र नियन्त्रणमा लिएको उक्त समूहले दावी गरेको छ ।

अमेरिकी सेना फिर्ता तयारीसँगै तालिवान समूहले देशभर आˆना हिंसात्मक गतिविधिलाई बढाएको छ ।

यस हप्ताको ईद अल-अधाको मुस्लिम बिदाको समयमा हिंसा केही हदसम्म कम भए पनि सरकारी सुरक्षा फौजलाई लक्षित गरी आक्रमण बढाएका छन् । जवाफी कारबाहीमा विगत २४ घण्टामा विभिन्न प्रान्तमा २६० भन्दा बढी तालिवान लडाकूहरू मारिएको दाबी सरकारी अधिकारीले गरेका छन् ।

सरकारी अधिकारी तथा तालिबान समूहले उनीहरूको दावीलाई बढाइचढाइ गरिरहेको तर यसको स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकिएको स्थानीय अधिकारकर्मीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment