+
+

निर्मलालाई न्याय दिन कांग्रेस प्रवक्ताले गराए सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १०:३८

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार ट्वीट गर्दै प्रवक्ता शर्माले आफ्नै दलका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्ण गराएका हुन् ।

निर्मलालाई न्याय दिनुका साथै कसैले पनि यस्तो नियति भोग्न नदिन विशेष तदारुकता बढाउन शर्माले सरकारसँग आग्रह गरेका छन् ।

प्रतिपक्षी हुँदा उठाएको प्रश्नको जवाफ दिने ठाउँमा पुगेको संकेत गर्दै प्रवक्ता शर्माले लेखेका छन्,’ बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो । सम्माननीय @PM_nepal र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

अब गहन दायित्व निभाउनुपर्ने बेला आएको उनले उल्लेख गरेका छन् । साथै प्रवक्ता शर्माले बालिका तथा महिला हिंसा, बलात्कार र हत्याको अनेक घटना भैरहेको भन्दै नियन्त्रणका लागि राज्य कठोर बन्नु पर्ने बताएका छन् ।

२०६५ साल साउन १० गते गृहकार्य गर्न साथीकोमा जान्छु भन्दै घरबाट हिँडेकी  भीमदत्त नगरपालिकाकी निर्मला पन्त घर फर्किनन् । त्यसकै भोलिपल्ट उखुबारीमा मृत भेटिएकी थिइन् । तर, उनको हत्याराको हालसम्म पनि पहिचान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?