+
+
Shares

प्ले स्टोरमा १० अर्ब पटक डाउनलोड भयो युट्युब, यी हुन् सर्वाधिक लोकप्रिय एप्स

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १२:२६

सर्वाधिक लोकप्रिय भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबको एन्ड्रोइड एप गुगल प्ले स्टोरबाट १० अर्ब पटक डाउनलोड भएको छ ।

यो सँगै गुगल मातहतको युट्युब प्ले स्टोरमा १० अर्ब पटक डाउनलोड हुने दोश्रो एप बनेको छ । प्ले स्टोरबाट १० अर्ब पटक डाउनलोड हुने पहिलो एप चाहिँ गुगल प्ले सर्भिस हो ।

सन् २०१८ मा गुगल प्ले स्टोरमा ५ अर्ब डाउनलोड संख्याको सीमा पार गरेको युट्युबले दुई वर्षमै १० अर्बको कोशेढुंगा पार गरेको हो ।

9to5google का अनुसार पछिल्ला दशकमा विश्वव्यापी रुपमा इन्टरनेटको स्पीडमा भैरहेको सुधार, फोर जी डिभाइसहरुमा भैरहेको बढोत्तरी र स्मार्टफोन तथा ट्याबलेटमाथि धेरै भन्दा धेरै मानिसहरुकेा पहुँचका कारण युट्युबको लोकप्रियता पनि चुलिएको छ ।

विश्वको सबैभन्दा ठूलो तथा लोकप्रिय भिडियो स्ट्रिमिंग प्लाटर्फम युट्युब प्ले स्टोरको सुरुवात हुनु अगाडिबाटै लोकप्रिय बनिरहेको थियो । स्मरण रहोस् गुगल प्ले स्टोर सन् २००८ मा सुरु भएको थियो भने युट्युब सन् २००५ मै शुरु भएको हो । एन्ड्रोइडसँगै आइओएस प्लाटर्फम र वेबमा पनि उत्तिकै लोकपि्रय युट्युबमा हाल दैनिक एक अर्ब घण्टा भिडियो हेरिन्छ भने प्रतिसेकेण्ड पाँच सय घण्टा बराबरका भिडियो अपलोड हुन्छन् । स्मरण रहोस् गुगलपछि युट्युब नै विश्वमा सर्वाधिक धेरै हेरिने वेबसाइट हो । यसका मासिक सक्रिय प्रयोगकर्ताको संख्या एक अर्ब रहेको छ ।

सन् २००६ मा गुगलले १ अर्ब ६५ करोड डलरमा किनेको युट्युबले सन् २०२० मा १९ अर्ब ८० करोड आम्दानी गरेको थियो ।

यी हुन् एन्ड्रोइडमा सर्वाधिक डाउनलोड भएका एपहरु

यद्यपि युट्युब तथा गुगलका अन्य विभिन्न एपहरु एन्ड्रोइड फोनमा प्रिइन्स्टल्ड हुन्छन् । त्यसैले स्मार्टफोन प्रयोगकर्ता बढेसँगै यस्ता एपको डाउनलोड संख्या बढ्नु स्वभाविकै हो । प्ले स्टोरबाट अत्यधिक डाउनलोड हुने अन्य प्रिइन्स्टल्ड गुगल एपहरुमा युट्युब र गुगल प्ले सर्भिसपछि जिमेल रहेको छ । जुन ९ अर्ब पटक डाउनलोड भएको छ । त्यस्तै गुगल म्याप ६ अर्ब ९० करोड पटक डाउनलोड भएको छ ।

प्रिइन्स्टल्ड एप बाहेक प्रयोगकर्ताले प्ले स्टोरबाट सुरुमै आफैं डाउनलोड गर्नुपर्ने एपहरुमध्ये सर्वाधिक डाउनलोड भएका एपहरुको विवरण यस्तो छ :

· फेसबुक : सात अर्ब सात करोड ३० लाख
· ह्वाट्सएप : ६ अर्ब ९८ करोड ३० लाख
· फेसबुक मेसेन्जर : पाँच अर्ब ३२ करोड ७० लाख
· इन्स्टाग्राम : तीन अर्ब ५० करोड ४० लाख
· टिकटक : दुई अर्ब ६३ करोड १० लाख
· सबवे सर्फर गेम : एक अर्ब ४३ करोड ८० लाख
· फेसबुक लाइट : एक अर्ब ९३ करोड ३३ लाख
· माइक्रोसफ्ट वर्ड : एक अर्ब ८९ करोड ५० लाख
· माइक्रोसफ्ट पावर प्वाइन्ट : एक अर्ब ६५ करोड ५० लाख
· स्नापच्याट : एक अर्ब ३५ करोड
· शेयरइट : एक अर्ब ५४ करोड १० लाख
· नेटफि्लक्स : एक अर्ब ५१ करोड ३० लाख
· ट्वीटर : एक अर्ब ३० करोड १० लाख
· फि्लपबोर्ड : एक अर्ब ३० करोड १० लाख
· क्यान्डी क्रस सागा : एक अर्ब १४ करोड २० लाख
· स्काइपी : एक अर्ब १२ करोड ४० लाख
· स्पटीफाइ : एक अर्ब ८ करोड १० लाख
· ड्रपबक्स : एक अर्ब २ करोड ५० लाख
· भाइबर : ९० करोड ९० लाख
· लाइन : ८७ करोड ४० लाख

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?