+
+

किशोरीमाथि करणी गरेको अभियोगमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १२:३८

१० साउन, तनहुँ । १९ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भानु नगरपालिका-३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत दुईजना रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले जनाएको छ ।

ती किशोरीमाथि गुरुङ लगायत पाँचजनाले सामूहिक करणी गरेको प्रहरीको दाबी छ । घटनामा संलग्न फरार तीनजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?