+
+

विवरण बुझाउन सूचीकृत कम्पनीहरुलाई नेप्सेको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १८:४५

१० साउन, काठमाडौं । सूचीकृत कम्पनीलाई आवश्यक विवरण उपलब्ध गराउन नेप्सेले निर्देशन दिएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संस्थाहरुले वर्गिकरणका लागि विवरण माग गरिएको नेपल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

तोकेको ढाँचामा फारमभरी, कम्पनीको क्रेडिट रेटिङ गराएको मिति र अवधिसमेत जनाईसाउन १७ गतेभित्र पेश गर्न नेप्सेले निर्देशन दिएको छ । नेप्सेले सूचीकृत कम्पनीहरुलाई ‘ए’ ‘बि’ ‘जि’ र ‘जेड’ गरी चार समूहमा वर्गीकरण गर्ने गरेको छ । नेपसेले प्रत्येक त्रैमासको समाप्तिसँगै वर्गीकरण गरी सूची सार्वजनिक गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?