
फाइल तस्वीर
१० साउन, काठमाडौं । रातिको समयमा अवैध रुपमा दीजन्य पदार्थ उत्खननमा संलग्न भएका ५५ वटा गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
पोखरा महानगरपालिका- १९ पुरनचौरस्थित ढोडेनीघाटमा शनिबार राति अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ती सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा २२ वटा टिपर, १७ वटा मिनी टिपर र १६ वटा ट्याक्टर छन् ।
‘बर्खायाममा पनि अवैध रुपमा नदीजन्य पदार्थ ढुंगा, बालुवा उत्खनन् भइराखेको छ भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘आवश्यक कारबाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4