+
+

मोटरसाइकलमाथि शव भेटिएको घटनामा ट्रक चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते २१:२६

१० साउन, विराटनगर । विराटनगर महानगरपालिका – ५ बिजुली अफिसमा अगाडि मृत भेटिएका पुरुषलाई ठक्कर दिएको आरोपमा प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

साउन ४ गते राति साढे ८ बजे कोसी राजमार्गको विजुली अफिस खण्ड नजिकै मोटरसाइकलमाथि एक वृद्ध पुरुष मृत भेटिएका थिए । ठक्कर दिएको आरोपमा को १ क १३३३ नम्बरको ट्रक र चालक सुनसरी धरान उपमहानगरपालिका–२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

साउन ४ गते राति को ४ प २३१६ नम्बरको मोटरसाइकलमाथि विराटनगर– ५ का ६७ वर्षीय सुदर्शन न्यौपाने मृत भेटिएका थिए । पक्राउ परेका चालकमाथि आइतबार सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको डीएसपी श्रेष्ठले बताए ।

पक्राउ परेका ट्रक चालकले दुर्घटनापछि घाइते अवस्थामा रहेका वृद्धले ठीक छु भनेपछि आफ्नो गन्तब्यमा गएको बयान दिएको उनले बताए ।

‘दुर्घटना भएपछि ट्रक चालक र ट्रकको पछाडि मोटरसाइकलमा यात्रा गर्ने व्यक्तिले उठाएका रहेछन्,’ उनले भने,‘ न्यौपानेले ठीक छ भनेपछि आफ्नो बाटो लागेको बताएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?