Comments Add Comment

पहिलो टी-२० मा भारत विजयी

११ साउन, काठमाडौं । भारतले पहिलो टी-२० मा घरेलु टोली श्रीलंकालाई पराजित गर्दै तीन खेलको सिरिजमा अग्रता बनाएको छ । कोलम्बोमा आइतबार भएको खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको हो ।

भारतले दिएको १६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.३ ओभरमा सबै विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि चारिथ असलंकाले ४४ रन बनाए । अभिष्का फर्नान्डोले २६ र दसुन शनकाले १६ रन बनाए।

घरेलु टोलीलाई अफआउट गर्न भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए । यस्तै दिपक चाहरले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले ५० रन बनाए । कप्तान शिखर धवनले ४६ र सन्जु सामसनले २७ रन जोडे । इशान किशनले २० रनमा अविजित रहे ।

श्रीलंकाका दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले २/२ विकेट लिए ।

यस जितपछि भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment