+
+

निर्वाचन आयोगमा जसपाका नेताहरुको सनाखत सुरु

चन्द्र आले चन्द्र आले
२०७८ साउन ११ गते ११:३२

११ साउन, काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी -जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ ।

सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमनलगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा देखिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ सुरु भएको बताए । उनले जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै आउन पनि सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?