+
+
Shares

बहुमत पुर्‍याउन नसकेपछि राजेन्द्र श्रेष्ठहरू पार्टी छोडेर गए : मोहम्मद इस्तियाक राई

‘बहुमत जुटाउन खोज्नुभएको थियो, बहुमत नपुगेपछि पदीय जिम्मेवारी परित्याग गरेको पत्र बुझाएर जानुभएको छ.’ राइले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १७:५४
फाइल तस्वीर

७ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बहुमत पुर्‍याउन नसकेपछि राजेन्द्र श्रेष्ठहरू पार्टी छोडेर गएको टिप्पणी गरेका छन् ।

‘बहुमत जुटाउन खोज्नुभएको थियो, बहुमत नपुगेपछि पदीय जिम्मेवारी परित्याग गरेको पत्रभन्ने पत्र बुझाएर जानुभएको छ.’ राइले अनलाइनखबरसँग भने ।

जसपाका संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । यसका लागि सहमति भएपछि नेता इस्तियाकले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘कसैले डिभोर्स लिन्छु भन्यो भने रोकेर राख्न मिल्छ ?’ राईको प्रश्न छ । नेताहरू एक अर्को पार्टीमा जानेक्रम चलिरहेको र यही क्रममा कतिपय नेताले पार्टी छोडेको पनि उनले बताए ।

‘जेनजी आन्दोलनपछि ओहोरदोहोर लागेका छ, कोही यता कोही उता जाने,’ उनले भने, ‘ उहाँहरू कुनै नयाँ पार्टीमा त जानुभएको छैन । तथापि, निर्णय गर्ने उयहाँहरूको कुरा हो ।’

‘अब तपाईंहरू यही पार्टी अगाडि बढाउने र अरूसँग मिल्न जानुहुन्छ’ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘भोलि वा रातिसम्ममा अर्को समाचार पाउनुहुन्छ ।’

राईका अनुसार उनीहरू पनि ध्रविकरणको प्रयासमा छन् । उनकाअनुसार संघीय लोकतान्त्रिक मोर्चाम रहेका दलहरू छलफल चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?