+
+
Shares

जसपा नेपालले भन्यो : अदालतको पूर्ण आदेश नआउँदै अतिरञ्जित गरियो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १२:४२

४ भदौ, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)ले गौर घटनाको मुद्दामा सर्वोच्च अदालतको आदेशको पूर्ण पाठ नआउँदै अध्यक्षविरुद्ध अतिरञ्जित गरिएको जनाएको छ ।

जसपा नेपालका प्रवक्ता मनीषकुमार सुमनले बुधबार विज्ञप्ति निकालेर अदालतको आदेशप्रति पूर्ण सहयोग गर्न अध्यक्ष उपेन्द्र यादव तयार रहेको जनाएका छन् ।

आदेशको पूर्ण पाठ नआउँदै सञ्चारमाध्यमले मधेश आन्दोलनलाई कमजोर पार्न र अध्यक्षलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयास गरेको सुमनले आरोप लगाएका छन् ।

२०६३ चैत्र ७ गते रौतहट जिल्लाको गौरमा भएको घटनामा परेको मुद्धामा सर्वोच्च अदालतले दुईदिन अघि (भदौ २) मा छानबिन अघि बढाउन सुरक्षा निकायलाई आदेश दिएको थियो । ‘सर्वोच्च अदालतबाट आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै सर्वोच्च अदालतबाट जारी भएको आदेशसँगको मुद्दामा पक्ष वा विपक्षको रुपमा रहँदै नरहेको यो राजनैतिक दल तथा यसका अध्यक्ष ज्यूलाई लक्षित गर्दै सम्प्रेषण भएको समाचार पूर्णरुपमा पूर्वाग्रही, भाम्रक तथा सस्तो लोकप्रियताका लागि नियतवश सम्प्रेषण गरिएको’, जसपा नेपालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

२०६३ सालको त्यो दुखद घटनाको सम्बन्धमा तत्कालीन सरकारले नै उच्च स्तरीय न्यायिक जाँचबुझ समिति गठन गरी सत्य तथ्य अभिलेखीकरण गरी सकेको, संवैधानिक निकायको रुपमा रहेको राष्ट्रिय मानव अधिकार आयोगका साथै नेपालस्थित संयुक्त राष्ट्र संघीय मिशन (अनमिन) समेतले तत्कालकै अवस्थामा घटना वारदातको सम्बन्धमा आ-आफ्नो तर्फबाट स्वतन्त्र अनुसन्धान गरी सत्य तथ्यसहितको प्रतिवेदनसमेत सार्वजनिक गरी जसपा नेपालले जनाएको छ । राजनीतिक विषयमा राजनीतिक शक्तिहरूबाट नै समाधानको बाटो खोजिनु पर्ने जसपा नेपालको तर्क छ ।

सर्वोच्च अदालतबाट जारी भएको आदेशको विरुद्धमा अदालतलाई लक्षित गरी कुनै प्रकारको क्रियाकलाप वा गतिविधि नगर्न नेता कार्यकर्तालाई जसपा नेपालले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?