+
+

सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु, एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १२:०६
फाइल तस्वीर

११ साउन, जनकपुरधाम । सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

हरिवन नगरपालिका -४ बस्‍ने सलाकत मन्सुरकी ६२ वर्षीया पत्नी तेतरी खातुन रहेको प्रहरीले जनाएको छ । स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा अचानक सोमबार बिहान २ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि नेशनल मेडिकल कलेज बिरगञ्ज रिफर गरिएकोमा उनको सोही क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

यस्तै बागमती नगरपालिकामा हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् । बागमती नगरपालिका-४ रेल्वे नजिकै हात्तीले आक्रमण गर्दा ३५ बर्षीय पुरुष घाइते भएका हुन् ।

नाम र ठेगाना खुल्न नसकेका व्यक्तिको नमूना अस्पताल हरिवनमा प्राथमिक उपचार गरी थप उपचारको लागि नारायणी उप-क्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको प्रहरी प्रवक्ता बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?