Comments Add Comment

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना

फाइल तस्वीर

११ साउन, देउखुरी । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा संघीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।

दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लागि अक्सिजन आवश्यक पर्ने भएकाले प्रतिष्ठानले प्लान्ट निर्माण गरेको छ । कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्ने अवस्था देखिएकाले पनि दीर्घकालका लागि प्लान्ट निर्माण गरिएको प्रतिष्ठानका उपकुलपति डां संगीता भण्डारीले जानकारी दिइन् ।

यसअघि दाङमा दाङ अक्सिजन उद्योग प्रालि भिङनीले अक्सिजन उत्पादन गर्दै आएको छ । उक्त उद्योगले दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ । अस्पतालको पछिल्लो प्रगतिका बारेमा जानकारी लिँदै उपकुलपति भण्डारीले कोरोनाको नयाँ भेरियन्टको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर प्रतिष्ठानले सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याएको बताइन् ।

तेस्रो लहरको कोरोना संक्रमणको उपचारका लागि पूर्वतयारीका लागि २० बेडको सघन उपचार कक्ष, ५० बेडको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) र ३० बेडको आइसोलेसन गरेर १०० बेड कोरोना सङ्क्रमितका लागि व्यवस्थापन गरिएको उनले जानकारी दिइन् ।

अस्पतालका निर्देशक डा. प्रज्ञासिंह बस्नेतले बालबालिकालाई लक्षित गरेर सघन उपचार केन्द्रमा बेड थप्ने काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment