+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

नेप्से परिसूचक र कारोबार दुबै घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १५:३९

११ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५०.४२ अंकमा झरेको हो ।

आइतबारको तुलनामा आज कुल प्रतिधितोपत्र कारोबार संख्या र रकममा पनि गिरावट देखिएको छ । सोमबार दोस्रो बजारमा २२३ कम्पनीको तीन करोड ३० लाख ६१ हजार ४४७ कित्ता सेयर एक लाख ३७ हजार २४२ पटक खरिद बिक्री हुँदा कारोबार रकम १४ अर्ब १३ करोड ९७ लाखमा सीमित भयो ।

आइतबार चार करोड बढी कित्ता सेयर दोस्रो बजारमा कारोबारमा आउँदा कुल कारोबार रकम १४ अर्ब ३० करोड नाघेको थियो । आइतबार कारोबारमा आएका १४ उपसमूहमध्ये आठ वटा उपसमूहमा हरियाली छायो भने पाँच उपसमूह राताम्मे भयो ।

आइतबार सबैभन्दा धेरै बढेको बैंकिङ उपसमूह आज ४३.३० अंकले ऋणात्मक बन्दा जलविद्युत उपसमूह भने १०२.६२ अंकले उचालिएको थियो । सोमबार ११० कम्पनीको सेयर मूल्य बढेको थियो भने ६६ कम्पनीको मूल्य घट्यो ।

यस्तै सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज बिशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी, माउण्टेन र गि्रनलाइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
आज एनआईसी एसिया डिबेन्चर, पोखरा फाइनान्स, सनराइज, लक्ष्मी बैंकको सेयर मूल्य भने घट्यो ।

दोस्रो बजारमा आज ङादी ग्रुप पावर कम्पनीको सेयर सबैभन्दा धेरै ३९ करोड ३० लाख बढीको कारोबर भयो । ३३ करोड बढीकेा सेयर खरिद बिक्री भएको हिमालयन डिष्टिलरीको कारोबार दोस्रो रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?