Comments Add Comment

लघुवित्तले २० प्रतिशतभन्दा बढी लाभांश बाँडे ५० प्रतिशत रकम जगेडा कोषमा

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई २० प्रतिशत भन्दा माथि लाभांश वितरण गर्न निरुत्साहित गरेको छ ।

सोमबार ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकिृकत निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो प्रावधान ल्याएको छ । इजाजतपत्र प्राप्त संस्थाले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाबाट २० प्रतिशत भन्दा माथिको लाभांश घोषणा -नगद वा बोनस) गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा राख्नुपर्ने प्रावधान नेपाल राष्ट्र बैंकले ल्याएको हो ।

यसअघि यस्तो व्यवस्था थिएन । नेपाल राष्ट्रबैंकले नगद लाभांशलाई यसअघि नै निरुत्साहित गरिरहेको छ । संस्थाहरुले बोनस सेयरमै प्राथमिकता दिनुपर्छ ।

३० प्रतिशत भन्दा बढी नगद लाभांश दिन नपायने प्रावधानलाई भने यस वर्ष पनि निरन्तरता दिइएको छ । खुद वितरणयोग्य  मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम भएका इजाजत पत्र संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment