+
+
Shares

हेलम्बुका शिक्षकहरुलाई साउन २९ गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १८:४८

११ साउन, गाउँपालिका । हेलम्बु गाउँपालिकाले पालिकाभित्रका शिक्षकहरुलाई साउन २९ गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।

गाउँपालिकाका शिक्षा अधिकृत प्रकाश दत्त भट्टले सूचना जारी गर्दै गाउँपालिका भित्र कार्यरत स्थायी, राहत, करार, बाल विकास शिक्षक, विद्यालय कर्मचारीले आर्थिक वर्ष २०७७-०७८ को सम्पत्ति विवरण विद्यालयले एकमुष्ट गरी साउन २९ गतेसम्म गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउन निर्देशन दिएका हुन् ।

गाउँपालिकाले जारी सूचनामा राष्ट्रिय किताबखानाको असार १८ गतेको पत्रानुसार तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) साथै अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा ३१ (क) बमोजिम प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी प्रावधान अनुसार निर्देशन दिइएको उल्लेख गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?