Comments Add Comment

कर्जा नोक्सानीको व्यवस्थामा राष्ट्र बैंकको कडाइ

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानीको व्यवस्थामा बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेको छ । यसअघि कर्जा नोक्सानी व्यवस्था १ प्रतिशत राखे पुग्नेमा अब यसमा०.३ प्रतिशत थप गरि कुल १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई निर्देशन २०७७ संशोधन/परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

साथै, बैंक तथा वित्तीय संस्थाले तिर्नुपर्ने समय भित्र नतिरेको कर्जाको तिर्नुपर्ने चालु पूँजीको २० प्रतिशत र आवधिक कर्जाको १० प्रतिशत रकमको ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरि कर्जा भुक्तानी अवधि समेत एक वर्ष थप गर्न सक्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । केन्दि्रय बैंकले वित्तीय प्रतिवेदन प्रकाशित गर्ने समय समेत १५ दिन थपेका छ ।

यसअघि आव सकिएको १५ दिन भित्र सार्वजनिक गरिसक्नु पर्ने व्यवस्था रहेकोमा अब साउन मसान्त भित्र सार्वजनिक गरे पुग्नेछ । साथै, भदौ १५ भित्र प्राप्त भएको ब्याज रकमलाई समेत गत आवको असार मसान्त भित्रको हिसावमा मिलान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यही व्यवस्था ‘घ’ वर्गका वित्तीय संस्थाको हकमा भने समेत लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment