Comments Add Comment

नाडाको अध्यक्ष पदको लागि करण चौधरीको उम्मेद्वारी घोषणा

११ साउन, काठमाडौं । सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन् ।

नाडा सातवटै प्रदेशमा विस्तार भइ सकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिने बताएका हुन् ।

अटो मोवाइल व्यवसाय  सरकारलाई सर्वाधिक कर बुझाउने एवम् निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन सरकारको नीतिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्ने समेत उद्देश्य रहेको उनले बताएका छन्  ।

उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थान सँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको बताए । हाल नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment