News Summary
Generated by OK AI. Editorially reviewed.- सिप्रदी ट्रेडिङले कपनको टाटा सर्भिस सेन्टरबाट पेट्रोल, डिजेल र ईभीका लागि बुकिङ, एएमसी, रोडसाइड एसिसटेन्स र पिक-अप एन्ड ड्रप सेवा दिइरहेको छ।
- टेक्निकल म्यानेजर दिग्विजय आचार्यका अनुसार सर्भिस सेन्टरमा करिब ९८ प्रतिशत ग्राहक सन्तुष्ट छन् र दैनिक ३० देखि ३५ युनिट गाडी मर्मत हुन्छन्।
- सिप्रदीले देशभर करिब ४० फास्ट चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ भने ईभीको मर्मत लागत पेट्रोल र डिजेल गाडीको तुलनामा आधाभन्दा कम हुने जनाएको छ।
७ भदौ, काठमाडौं । नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले काठमाडौंको उत्तरी भेग कपनमा सञ्चालनमा ल्याएको ‘टाटा सर्भिस सेन्टर’ अहिले त्यस भेगकै ग्राहक आकर्षणको केन्द्र बनेको छ ।
हरेक दिन टाटाका डिजेल/पेट्रोल इन्जिन गाडीदेखि विद्युतीय गाडी (ईभी) सम्बन्धी सेवा लिन आउने ग्राहकको भिडले टाटा सर्भिस सेन्टर कपन अत्यधिक व्यस्त रहन्छ ।
सर्भिस सेन्टरमा रहेको कस्टमर लाउन्जमा आरामसँग बसेर आफ्ना गाडी सर्भिसिङ गरेको हेर्ने ग्राहक यसै पनि सन्तुष्ट देखिन्छन् । आफ्नै आँखा अगाडि गाडी सर्भिसिङ गरेको हेर्न पाउँदा ग्राहकमा भिन्नै खालको प्रशन्नता देखिन्छ ।
‘हुन त यो सर्भिस सेन्टर सञ्चालनमा आएको तीन वर्ष भइसकेको छ,’ सिप्रदी ट्रेडिङका टेक्निकल म्यानेजर-ईभी दिग्विजय आचार्यले अनलाइनखबरसँग भने, ‘काठमाडौंको उत्तरी भेगमा रहेको टाटाका हाम्रा ग्राहकलाई गुणस्तरीय सेवाबाट सन्तुष्ट गराउन सकेकोमा हामी उत्साहित छौं ।’
आचार्यका अनुसार टाटा सर्भिस सेन्टर कपनमा विभिन्न सेवा-सुविधा अन्तर्गत सहज पहुँचका लागि टोल फ्री नम्बर दिइएको छ । त्यसबाट ग्राकहले बुकिङ लगायत सुविधा लिन सक्छन् । त्यसैगरी गाडी गुड्दै गइसकेपछि एउटा एएमसी सुविधा दिइएको छ, जुन हाम्रो पुरानो गाडी बीएस-४, बीएस-६ पेट्रोल/डिजेल गाडीलाई उपयुक्त छ ।
यस्तै अहिले ईभी पनि एएमसी सुविधा दिइएको उनले बताए । ‘गुडिरहेको अवस्थामा गाडी बिग्रिन पनि सक्छ, बिग्रिएर रोकिन पनि सक्छ, त्यसका लागि चौबिसै घण्टा रोडसाइड एसिसटेन्स सुविधा दिएका छौं,’ आचार्यले भने, ‘जसले गर्दा ग्राहकले केही अप्ठ्यारो परे यो सेवा-सुविधा लिन सक्छन् ।’
यसैगरी सिप्रदीले काठमाडौं उपत्यकाका ग्राहकलाई ‘पिक-अप एन्ड ड्रप सर्भिस’ पनि दिइरहेको छ । ग्राहकको ठाउँबाटै गाडी पिक गरेर सर्भिस गरी सोही ठाउँमा लगिदिने सुविधा दिइएको उनले जानकारी दिए ।

आचार्यका अनुसार गाडी दुर्घटना परेर ग्राहकले बेहोर्नुपर्ने झन्झट सहज बनाउन इन्स्योरेन्स कम्पनीसँग टाइ-अप गरेर क्यासलेस इन्स्योरेन्स सुविधा पनि दिइएको छ ।
‘हाम्रो सर्भिस सेन्टर आएका ग्राहकले विभिन्न गुनासो, सुझाव दिन्छन्, त्यसलाई हामीले सबैभन्दा पहिले सम्बन्धित विषय अनुसार वर्कसप भिजिट सेड्युल, प्रपर डायग्नोसिस गरेर रुट कजसम्म पुग्ने हाम्रो लक्ष्य हुन्छ,’ टाटा सर्भिस सेन्टर आएका ग्राहकको गुनासो र सुझावबारे आचार्य भन्छन्, ‘त्यही अनुसार हामी काम गर्छौं, त्यसबाहेक अरू कुनै विषय वा सुझाव छ भने चाहिँ त्यसलाई एकदम नजिकबाट हेरेर तत्काल समाधान गर्न सकिने रहेछ भने तत्काल वा एउटा टाइमलाइन बनाएर सेवा दिने गरेका छौं ।’
कुनै गम्भीर विषय छ भने ३० मिनेटभित्र सम्बोधन गर्ने लक्ष्य हुन्छ र गुनासो आएको २४ घण्टनाभित्र समस्या समाधान गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।
‘जति पनि गाडी हाम्रो सर्भिस सेन्टरमा आउँछन्, ती सबैलाई ७२ घण्टाभित्र एउटा ‘पोस्ट सर्भिस फिडब्याक’ (पीएसएफ) भर्न लगाउँछौं, त्यसका माध्यमबाट ग्राहकले आफ्ना गुनासा र सुझाव दिन्छन्,’ उनले भने, ‘त्यसपछि हामी साप्ताहिक पुनरावलोकन गरेर समस्या समाधानका लागि निरन्तर काम गरिरहेका हुन्छौं ।’

सर्भिस सेन्टरमा ग्राहक सन्तुष्टि
आचार्यका अनुसार कम्पनीले ग्राहक सुन्तुष्टि मापनका लागि सर्वेक्षण गरिरहेको हुन्छ । त्यसअनुसार लगभग ९८ प्रतिशत ग्राहक सन्तुष्ट रहेको प्रमाणित भएको छ ।
‘टाटा सर्भिस सेन्टर कपनमा आइसकेपछि ग्राहकले पाउन सक्ने भनेको नियमित रिपेयर र मेन्टिनेन्स, ह्विल एलाइनमेन्ट, टायर ब्यालेन्सिङ, हेडलाइट लेभलिङ, बडी रिपेयर लगायत छन्,’ उनले भने, ‘यो सबै एउटै छानामुनि उपलब्ध गराइरहेका छौं ।’
सर्भिस सेन्टर कपनमा ‘ग्रिनिङ द ग्रिन’ भन्ने सन्देश दिन सौर्य ऊर्जाबाट चल्ने चार्जर राखिएको छ । यो सर्भिस सेन्टरमा एकै पटक १२ युनिट गाडी सर्भिस गर्न सकिन्छ । यसका लागि १२ वटा ‘बे’ छन् । यहाँ १४–१५ जना प्राविधिक कार्यरत छन् । यहाँ दैनिक ३० देखि ३५ युनिट गाडी नियमित मर्मत तथा सर्भिस हुने गरेको छ ।

ईभी सर्भिस र मर्मत लागत
सामान्यतया पेट्रोल गाडीसँग तुलना गर्नुपर्दा विद्युतीय गाडी (ईभी) को मर्मत लागत आधाभन्दा कम हुने टेक्निकल म्यानेजर-ईभी आचार्य बताउँछन् ।
ईभीमा अपरेसनल र रिपेयर एन्ड मेन्टिनेन्स लागत दुवै पक्ष पेट्रोल/डिजेल गाडीको दाँजोमा धेरै नै कम रहेको उनले बताए । ईभीमा लाग्ने खर्च भनेको चार्जिङ खर्च हो, जुन सामान्यतया घरमै पनि गर्न सकिने उनको भनाइ छ ।
ईभीको मोडेल अनुसार ३ सयदेखि ५ सय किलोमिटरको रेन्जमा चार्जिङ लागत आउँछ । यो सातामा एक पटक वा दुई पटक पर्न सक्छ । ईभीलाई दुई किसिमको मर्मत सेड्युल बनाइएको छ । एक किसिमको गाडीलाई ५ हजार किलोमिटर वा ६ महिना र अर्कोलाई साढे ७ हजार किलोमिटर वा ६ महिनाको इन्टरभल बनाइएको आचार्यले बताए ।

सिप्रदीका चार्जिङ स्टेसन कति ?
आचार्यका अनुसार सिप्रदीले हालसम्म देशभरि करिब ४० वटा फास्ट चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ । तीमध्ये २८ वटा अनलाइन र १२ वटा अफलाइन चार्जर छन् । तीबाहेक सबै जोड्दा १ सय ५० वटाजति चार्जिङ स्टेसन सञ्चालनमा छन् ।
काठमाडौं उपत्यकाभित्र अनलाइन र अफलाइन चार्जर उपलब्ध छ । काठमाडौं उपत्यकाभित्र चाहिँ ४ वटा अनलाइन र १० वटा अफलाइन चार्जर छन् । त्यसबाहेकका चार्जर काठमाडौं बाहिर छन् ।
‘हामीले ठाउँ-ठाउँमा एसी फास्ट चार्जर पनि राखेका छौं जसले ग्राहकललाई निश्चित दुरीमा क्विक टप अप गर्न मद्दत गर्छ,’ आचार्यले भने ।

बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिबीच चुनौती
बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस), गुणस्तर र ग्राहक सुन्तुटिबीचको चुनौतीलाई आचार्य स्वाभाविक मान्छन् । टाटा मोटर्सका उत्पादन ल्याउने भएकाले सेवाको विषय सबैभन्दा ठूलो हो । गुणस्तरीय सेवा निरन्तर दिन दक्ष र तालिमप्राप्त जनशक्ति हुनु सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाइ छ ।
‘बजारमा दक्ष र तालिमप्राप्त जनशक्ति पाउन मुस्किल छ,’ उनले भने, ‘पाइहाले पनि उनीहरूलाई कम्पनीमा टिकाइराख्न अर्को चुनौती छ, त्यसकारण हामी निरन्तर दक्ष र तालिमप्राप्त जनशक्ति तयार गरिरहेका छौं, यसमा हाम्रो ट्रेनिङ सेन्टरदेखि ओजेटी प्रोग्रामले काम गरिरहेको हुन्छ ।’

प्रतिक्रिया 4