+
+
Shares

एनआरएनए फिनल्याण्डको अध्यक्षमा शेखर निर्विरोध चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १२ गते १०:४६

१२ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डको नयाँ नेतृत्व चयन भएको छ ।

गत शनिबार आयोजित साधारणसभाले शेखर आचार्यको अध्यक्षतामा निर्विरोध नयाँ समिति चयन गरेको हो । एकजना आईसीसी सदस्यमा प्रकाश पोखरेल चुनिएका छन्।

समितिको महासचिवमा दीपक केसी चयन भएका छन् भने सुवास रिजाल, सुनिल सुवाल र शैलु भट्टराई उपाध्यक्ष बनेका छन् । सचिवको जिम्मेवारी लुभ उपाध्याय र कोषाध्यक्षको जिम्मेवारी सचिन्द्र रिमालले पाएका छन् ।  युवा संयोजकमा हरिजंग शाही  र महिला संयोजकमा निर्मला खरेल चयन भएका छन् ।

सदस्यहरुमा बिनित श्रेष्ठ, बिनित श्रेष्ठ, विनोद तिमिल्सिना, देवेन्द्र घिमिरे, कल्याण गिरी, किरण पौडेल, मुक्ति पौडेल, निरुषा खत्री, राजन भण्डारी, शारदा कंडेल, सिर्जना न्यौपाने, सुजन पराजुली र सुमित्रा रिजाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?