Comments Add Comment

यस्तो छ अमेरिकी र्‍यापरले किन्‍न लागेको बृहस्पतीभन्दा डेढ गुणा ठूलो ग्रह !

१२ साउन, काठमाडौं । अमेरिकी र्‍यापर लिल उजी वर्टले वास्प १२७ बी (WASP-127B) नाम एक ग्रह खरीद गर्ने तयारी गरिरहेका छन् ।

क्यानेडाली गायिका, गीतकार, संगीतकार तथा स्पेस एक्स कम्पनीका मालिक एलन मस्ककी प्रेमिकाले उक्त तथ्यको खुलासा गरेकी हुन् ।

वर्टले जुन ग्रह खरीद गर्दैछन् त्यो ग्रहको आकार सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतीको भन्दा डेढ गुणा ठूलो छ ।

यो सौर्यमण्डल बाहिर रहेको एक एक्जोप्लानेट हो र पृथ्वीभन्दा कैयन प्रकाशवर्ष टाढा छ आफ्नो ग्यासीय स्वरुपका कारण यो ग्रहमा जिवनको सम्भावना पनि छैन ।

के हो एक्जोप्लानेट ?

एक्जोप्लानेट अर्थात् बाह्य ग्रह । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले आफ्नो केप्लर टेलिस्कोपको सहयोगबाट ब्रम्हाण्डमा लाखौँ प्रकाशवर्ष टाढा रहेका ग्रहहरुको खोजी गरिरहेको हुन्छ ।

यह अमरीकी रैपर खरीद रहा है बृहस्पति से डेढ़ गुना बड़ा 'ग्रह'!

सौर्यमण्डलबाट धेरै टाढा रहेका ती ग्रहहरुलाई नै एक्जोप्लानेट अर्थात् बाह्य ग्रह भनिन्छ । ती ग्रहहरुले आफ्नै तारालाई परिक्रमा गरिरहेका हुन्छन् ।

केप्लर मिसनको उद्धेश्य भनेको आकाशगंगाको चारैतर्फ के छ भनेर पत्ता लगाउनु र बाह्य ग्रह पत्ता लगाएर तिनीहरुको नामाकरण गर्नु नै हो ।

ग्रह खरीद गर्ने कुरा ट्वीटर मार्फत् जानकारी

वर्टनले ग्रह खरीद गर्न लागेको खुलासा एलन मस्ककी प्रेमिका ग्रिम्सले बिहिबार ट्वीट मार्फत् गराएकी हुन् ।

संगीतकार ग्रीम्सले आफ्नो ट्वीटर ह्याण्डल @Grimezsz बाट र्यापर वर्टलाई @LILUZIVERT ट्याग गर्दै एउटा ट्वीट लेखिन् र वर्टले नयाँ ग्रह खरीद गर्न लागेका कुेरा सार्वजनिक गरिन् ।

उक्त ट्वीटमा वास्प १२७ बी ग्रहको बारेमा चर्चा गरिएको छ र ग्रहको विशेषताको बारेमा पनि बताइएको छ ।

उनले आफ्नो ट्वीटमा वास्प १२७ बी र पृथ्वीबीचको समानताको बारेमा पनि चर्चा गरेकी छिन् ।

यो ग्रहले एउटा पहेँलो सानो ताराको परिक्रमा गरिरहेको छ जुन हाम्रै सूर्य जस्तै देखिन्छ ।

संगीतकार ग्रिम्सको ट्वीटको जवाफमा र्यापर वर्टले आफुले उक्त ग्रह खरीद गर्न लागेको स्विकार गरेका छन् ।

यद्यपि उनीहरुले उक्त ग्रह खरीद गर्ने प्रक्रिया र त्यसको मूल्यका बारेमा केहीपनि खुलाएका छैनन् । ग्रिम्सले आफ्नो ट्वीटमा ग्रह खरीदका लागि कानूनी दस्तावेज तयार पार्ने लगायतका प्रक्रिया जारी रहेको पनि जनाएकी छिन् ।

के हो वास्प १२७ बी ग्रह ?

नासाका अनुसार वास्प १२७ बी एक विशाल ग्यासीय ग्रह हो जुन पृथ्वीभन्दा ५२२.६ प्रकाश वर्ष टाढा छ । यो ग्रहको व्यास बृहस्पति भन्दा १.३११ गुणा धेरै छ भने पिण्ड चाहीँ वृहस्पतिको भन्दा थोरै अर्थात् ०.१६४७ भाग मात्र छ ।

यो ग्रहले परिक्रमा गरिरहेको पहेँलो तारा यो भन्दा ७२.४ लाख किलोमिटर टाढा छ । यो ग्रहको तारालाई परिक्रमा गर्ने गति निकै उच्च छ र ४.२ दिनमा यसले उक्त ताराको एक चक्कर लगाइसक्छ । जबकि पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन लगाउँदछ ।

नासाले सन् २००८ मा यो ग्रहको खोजी गरेको थियो र सन् २०१६ मा यसबारेमा सार्वजनिक जानकारी दिएको थियो ।

यह अमरीकी रैपर खरीद रहा है बृहस्पति से डेढ़ गुना बड़ा 'ग्रह'!

स्मरण रहोस् यदि र्यापर लिल उजी बर्टले यो ग्रह खरीद गरेमा उनी संसारको पहिलो यस्तो मानिस हुनेछन् जो एउटा पूरै ग्रहको मालिक बन्नेछन् ।

तर अहिलेसम्म ब्रम्हाण्डका कुनैपनि खगोलीय पिण्ड खरीद बिक्रिका लागि कुनैपनि व्यवस्था छैन । अन्तराष्ट्रिय कानून अनुसार कुनैपनि देशको सरकारले खगोलीय पिण्डको स्वामित्व कसैलाई दिन वा कसैलाई बेच्न सक्दैन ।

यतिमात्र होइन यस्ता खगोलीय पिण्डहरुको न्वारान गर्ने हक पनि कुनै एक देशलाई छैन । अन्तराष्ट्रिय खगोलीय संघले मात्र खगोलीय पिण्डको नामाकरण गर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment