Comments Add Comment

जिन्स लगाएको निहुँमा भारतमा एक किशोरीको हत्या

१२ साउन, काठमाडौं । भारतको उत्तर प्रदेशमा जिन्स लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार परिवारका सदस्यहरुको कुटपिटबाट उत्तर प्रदेशको सभ्रेजी खर्ग गाउँकी १७ वर्षीया किशोरी नेहा पासवानको मृत्यु भएको हो ।

नेहाकी आमा शकुन्तला देवी पासवानका अनुसार जिन्स लगाएको विषयमा विवाद हुँदा नेहालाई उनका हजुरबुबा र काकाहरुले लैरोले मरणासन्न हुने गरी पिटेका थिए ।

‘उनले ब्रत लिएकी थिइन् । साँझपख उनले जिन्स पाइन्ट र टप लगाएर पूजा गन थाल्दा हजुरबुबा/हजुरआमाले उनको लुगाको विषयमा आपत्ति जनाएका थिए । नेहाले जिन्स लगाउनकै लागि बनाएको र आफूले लगाएको बताइन्’, नेहाकी आमाले भनिन् । उनका अनुसार सोही विवाद बढ्दै गएपछि घटनाले ठूलो रुप लिएको हो ।

शकुन्ताला देवीका अनुसार मरणासन्न पिटाइबाट बेहोस भएपछि किशोरीकी काकीले रिक्सा बोलाएर अस्पताल लान लागेको बताइन् । तर, शकुन्तलालाई भने सँगै जान दिइनन् । त्यसपछि शकुन्तलाले आफन्तलाई घटनाबारे जानकारी गराइन् र उनका आफन्तहरु अस्पतालमा किशोरीलाई खोज्न गएका थिए ।

त्यसको भोलिपल्ट, आफन्तहरुले गण्डक नदीको पुलमा किशोरीको शव झुण्डिरहेको सुने र त्यहाँ गएर हेर्दा उक्त शव नेहाकै रहेको पुष्टि भयो ।

प्रहरीले यो घटनामा हत्या र प्रमाण नष्ट गर्न खोजेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमा नेहाका हजुरबुबा, हजुरआमा, काका-काकीहरु, काकका छोराहरु र रिक्सा चालक पनि सामेल छन् । अहिलेसम्म यस विषयमा आरोपीको बयान भने आएको छैन ।

वरिष्ठ प्रहरी अधिकारी श्रीयस त्रिपाठीले अहिलेसम्म नेहाका हजुरबुबा, हजुरआमा, काका र अटोरिक्सा चालकलाई पक्राउ गरिएको बताए । अन्य आरोपीको पनि खोजी भइरहेको उनको भनाइ छ । नेहाका बाबु पञ्जाबको लुधियानामा कन्ट्रक्सन साइटमा मजदुरी गर्छन् ।

शकुन्तलाका अनुसार उनकी देवरानीहरुले नेहालाई स्थानीय विद्यालयमा पढ्न नपठाउन पनि दबाब दिँदै आएका थिए । विद्यालयमा परम्परागत भारतीय कपडाभन्दा फरक पोशाक लगाइने गरेको उनीहरुको भनाइ थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment