+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे खतरामुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते १३:१०

१३ साउन, काठमाडौं । नर्भिक अस्पतालले लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे खतरामुक्त रहेको जनाएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाका अनुसार मन्त्री पाण्डेको स्वास्थ्यमा सुधार आएपछि आईसीयू कक्षबाट बुधबार बिहान एनआइसीयूमा सारिएको छ ।

न्युरोसम्बन्धी रोग जिबीएस (गुइलिन–बारे सिन्ड्रोम)बाट गम्भीर बिरामी भएकी मन्त्री पाण्डे गत आइतबारदेखि अस्पतालको आईसीयू कक्षमा उपचाररत थिइन् ।

जनसम्पर्क अधिकृत बास्तोलाले अनलाइनखबरसँग भने, ‘उहाँको स्वास्थ्य अवस्था खतरामुक्त छ। आजै बिहानदेखि उहाँलाई एनआइसीयूमा राखेर उपचार गराइरहेका छौं ।’

आइतबारदेखि दुवै खुट्टा नचल्ने भएपछि मन्त्री पाण्डेलाई रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुँदै थप उपचारका लागि नर्भिक अस्पतालमा ल्‍याइएको थियो । उनलाई न्युरोनसम्बन्धी रोग जिडिएस भएको चिकित्सकहरुले बताएका छन् ।

मन्त्री पाण्डेलाई चिकित्सक पंकज जलान र यादव भट्टको टीमले उपचार गरिरहेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार कोभिड(१९ को खोप लगाएपछि उनीमा यस्तो समस्या देखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?