Comments Add Comment

बलात्कारको आरोपमा सुनसरीबाट प्रहरीका असई पक्राउ

१३ साउन, सुनसरी । युवतीलाई बलात्कार गरेको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । युवतीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीका असई जितेन्द्रनारायण मण्डल पक्राउ परेका हुन् ।

२०७७ सालको चैत २८ गते इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर पछाडिको एक होटलमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पीडित युवतीले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जाहेरी दर्ता भएर जिल्ला अदालत सुनसरीले पक्राउ पूर्जी जारी भएपछि प्रहरी सहायक निरीक्षक (असई) मण्डलले मंगलबार प्रहरी समक्ष आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले बताए ।

अदालतबाट एक हप्ता म्याद थप गरी मण्डलमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मण्डलले आफू अविवाहित रहेको भन्दै विवाह गर्ने प्रलोभनमा सम्बन्ध बनाएको युवतीको भनाइ छ । असई मण्डल झापा सरुवा भएपछि श्रीमती रहेको थाहा पाएपछि भने आफूलाई अन्यायमा परेको थाहा पाएर प्रहरीमा उजुरी गरेको केसीले बताए ।

युवतीले न्यायको माग गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरमा समेत ठाडो निवेदन दिएकी थिइन् । त्यसपछि असई मण्डल प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका थिए । मण्डलले युवतीलाई आर्थिक प्रलोभन देखाउँदै मिल्न दबाब दिएको युवतीले बताएकी छन् ।

असई मण्डलले साउन ३ गते युवतीलाई ‘सल्लाह गर्न आऊ’ भन्दै बोलाएर ५० हजार रुपैयाँ दिने भनेर मिल्न दबाब दिएको समेत युवतीले बताइन् । मण्डलले लेखापढी व्यवसायीलाई युवतीसँगको सबै सम्बन्ध समाप्त भएको भन्दै कागज लेख्न लगाएर युवतीलाई सही गर्न भनेको तर आफूले हस्ताक्षर नगरेको युवतीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment