+
+
Shares

कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते १७:२९

१३ साउन, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन दिएको छ ।

साउन ३१ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षाका सन्दर्भमा शिक्षा मन्त्रालयका अधिकारीहरुसंग समितिले बुधबार छलफल गरेको थियो ।

समिति सभापति जयपुरी घर्तीले कोरोना संक्रमणलाई ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन र स्वास्थ्यकर्मी राख्न निर्देशन दिएको बताइन् ।

‘परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न, हात धुने व्यवस्था मिलाउन, सुरक्षाका अन्य स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएका छौं’ घर्तीले भनिन्, ‘सकेसम्म परीक्षा शुरु हुनु अगावै खोप लगाउने व्यवस्था मिलाउन पनि सरकारलाई भनेका छौं ।’

शिक्षा तथा स्वास्थ्य समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था मिलाउन समेत सरकारलाई निर्देशन गरेको छ ।

बढी विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भन्दै समितिले बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । उनीहरुले यस वर्ष होम सेन्टरमै परीक्षा दिन पाउनेछन् ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

‘अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ’, समितिको बैठकमासदस्य सचिव अर्यालले भने ।

सदस्य सचिव अर्यालका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००, एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?