Comments Add Comment

प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षी लि खछ्याङको बधाइ सन्देश

१३ साउन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी हुन् ।

‘चिनियाँ प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवालाई बधाइ सन्देश पठाउनुभएको छ,’ राजदूत होऊले लेखेकी छन्, ‘सन्देशमा प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवाको कार्यकालमा दुई मुलुकबीचको रणनीतिक साझेदारीले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँसँग मिलेर काम गर्न चीन इच्छुक रहेको बताउनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment