+
+
Shares

फोन पेको ‘आम्मामामा’ अफर, हरेक दिन एक लाख जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते १९:१०

काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले ‘आम्मामामा….क्यूआरमा उपहार, दिनदिनै १ लाख’ नामक अफर सञ्चालनमा ल्याएको छ । व्यवसायीलाई लक्षित गर्दै ल्याइएको यस अफरमा हरेक दिन एक जना व्यवसायीले एक लाखसम्म जित्न सक्नेछन् ।

क्यूआरमा आधारित डिजिटल कारोबारलाई बढावा दिने उद्देश्यका साथ कम्पनीले यो योजना अघि बढाएको हो । कम्पनीका अनुसार व्यवसायीले ग्राहकको भुक्तानी फोन पेमार्फत लिएर यस अफरमा सहभागी हुन सक्नेछन् । त्यसका लागि व्यवसायीले फोन पे बिजनेशमा भने सहभागी हुनु पर्नेछ ।

यदि यसअघि नै फोन पे बिजनेशमा सहभागी भइसकेको खण्डमा स्वतः यो योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जो व्यवसायी हालसम्म पनि फोन पे बिजनेशमा सहभागी भएका छैनन् उनीहरूले फोन पेको बिजनेश एप डाउनलोड गरी त्यहीँबाट दर्ता गराउन सक्नेछन् ।

त्यसरी दर्ता सोही एपमार्फत बैंक अकाउन्ट पनि लिंक गराउनु पर्नेछ । अथवा कम्पनीको वेबसाइटमार्फत पनि फोन पे बिजनेशमा दर्ता हुने सकिने छ । दर्ता भएसँगै व्यवसायीले आफ्ना ग्राहकबाट हुने भुक्तानी क्यूआरमार्फत लिएको खण्डमा सोझै यो अफरमा सहभागी हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?