Comments Add Comment

बुटवलको साझा अस्पतालले बेड क्षमता विस्तार गर्ने

१४ साउन, बुटवल । बुटवलको साझा अस्पतालले बेड क्षमता विस्तार गर्ने भएको छ । अस्पतालका अध्यक्ष गोविन्द खनालका अनुसार आगामी तीन वर्षभित्रमा ७५ बेड थप गरी एक सय बेड क्षमता पुर्‍याइने छ । अस्पतालमा हाल २५ बेड क्षमता छ ।

सरकारले तोकेको मापदण्ड अनुसार बुटवल क्षेत्रमै आफ्नै जग्गामा भवन निर्माण गरी एक सय बेड क्षमताको सुविधासम्पन्न अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको खनालले बताए । सय बेडको क्षमता विस्तार गर्न करिब ४० करोड रुपैयाँ लगानी थपिने खनालले बताए ।

अस्पतालले स्थापनाको दुई वर्षमा सेवा विस्तार गर्दै चार बेडको आईसीयू र पाँच बेडको एनआईसीयू सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा साउनभित्रै सुविधा सम्पन्न १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सुविधा समेत विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment