+
+
Shares

बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका व्यक्ति हात्तीगौडाबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १४ गते १८:०४

१४ साउन, काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं मनोहरा नगरपालिका-२ ठेगाना भएका ४६ वर्षीय राम खड्का रहेका छन् ।

उक्त मुद्दामा उच्च अदालत पाटनको गत वैशाख १४ गतेको फैसलाले ९ दिन कैद र ९ लाख रुपैयाँ सुनाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको हात्तीगौडाबाट पक्राउ गरेको जनाएको छ ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूलाई झुक्यानमा पारी एनआईसी एसिया बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय र जरिवाना तोकेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?