Comments Add Comment

पार्टी कार्यालय र संसद नियमित आउन ओलीलाई नेताहरुको सुझाव

फाइल तस्वीर

१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार पनि पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेका छन् । अध्यक्ष ओली पार्टी कार्यालयमा तीन घण्टा जति बसेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

‘अब सकेसम्म पार्टी कार्यालयबाटै काम गर्नुहुन्छ । नियमित घेटघाट पनि कार्यालयमै हुन्छ,’ उनले भने । प्रधानमन्त्रीबाट हटेपछि अध्यक्ष ओली बुधबार केन्द्रीय कार्यालय गएका थिए । केन्द्रीय कार्यालयबाट अध्यक्ष ओली संसदीय दलको कार्यालय सिंहदरबार समेत गएका थिए । दलको कार्यालयमा पार्टी नेता र सांसदहरुसँग छलफल गरेका थिए ।

एक नेताका अनुसार अध्यक्ष ओलीलाई उनी निकट नेताहरुले नियमित पार्टी कार्यालय, संसदीय दलको कार्यालय र संसद बैठकमा उपस्थित हुन सुझाव दिएका छन् । ‘पार्टीलाई व्यवस्थित गर्न उहाँको उपस्थितिले बल पुग्छ । त्यसैले तीन ठाउँ नियमित जान सुझाव दिएका छौं,’ एक नेताले भने ।

३ फागुन २०७४ मा प्रधानमन्त्री नियुक्त भएपछि ओलीले बालुवाटारमा मन्त्रिपरिषद् र पार्टीको बैठक राख्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment