Comments Add Comment

महबुब आलमको भव्य विदाइ गर्न माग

१४ साउन, जनकपुरधाम । प्रदेश २ क्रिकेट संघले कीर्तिमानी खेलाडी महबुब आलमलाई भव्यताका साथ विदाइ गर्न नेपाल क्रिकेट संघसँग माग गरेको छ ।

आलमले निकट भविष्यमै क्रिकेटबाट सन्यास लिने बताएकाले उनको भव्यतापूर्वक विदाइ गरिदिन क्रिकेट संघसँग माग गर्ने निर्णय गरेको हो ।

महोत्तरीको बर्दिवासमा सम्पन्न प्रदेश क्रिकेट संघको बैठकले खेलाडी आलमको विदाइमा कुनै कमी हुन नदिन प्रदेशले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको संघका प्रदेश सचिव आयुष श्रेष्ठले जानकारी दिए ।

नेपाली क्रिकेटका सफल अलराउन्डर आलमले सन् २००८ मा मोजाम्बिकविरुद्ध एकै खेलमा १० विकेट लिँदै कीर्तिमान कायम गरेका छन् ।

बैठकले प्रदेशका खेलाडीहरुको स्वास्थ्य र जीवनलाई ध्यानमा राखी उनीहरुको ५ लाख रुपैयाँ बरावरको जीवन बिमा गर्न सदस्य आकाश पाण्डेयलाई संयोजक तोकिएको छ । पाण्डेयले पेश गरेको प्रतिवेदनको आधारमा खेलाडीहरुको बिमा प्रकृया अगाडि बढाइने श्रेष्ठले बताए ।

बैठकले महिला राष्ट्रिय खेलाडी शोभा आलेलाई कार्यालय सचिवको रुपमा नियुक्त गर्ने, प्रदेश क्रिकेट संघको सुविधा सम्पन्न कार्यालय बर्दिवासमा आगामी साउन २९ गतेबाट नियमित रुपमा संचालन गर्ने निर्णय गरेको छ ।

हालै निधन भएका राष्ट्रिय खेलाडी कुन्दन सिंह बचाउ अभियान अन्तर्गत वचत भएको रकमलाई एकत्रित गरी स्व. कुन्दन सिंह अक्षय कोष स्थापना गर्ने र कोषलाई प्रदेश २ अन्तर्गतका खेलाडीको स्वास्थ्य उपचारमा खर्च गर्ने निर्णय गरिएको छ ।

अगामी दिनमा बन्द शिविरको आयोजना प्रतियोगिता सञ्चालन हुने स्थानमा नै गर्ने र प्रदेशका अम्पाएर तथा स्कोर तालिम भदौको दोस्रो साता सप्तरीको राजविराजमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment