Comments Add Comment

गायकहरुलाई भगवान भण्डारीको आग्रह–‘आफू मर्दा बजाउन सकिने गीत त गाउनुहोस्’

पछिल्लो केही बर्षदेखि नेपाली गीतसंगीतमा भाइरलको ट्रेन्ड चलिरहेको छ । लामो समयसम्म चल्ने गीत भन्दा पनि छोटो समयमै भाइरल हुने र चर्चामा आउने गीतसंगीतको खोजीमा गायक–गायिका लागेको देखिन्छ ।

यसले, नेपाली गीतसंगीतको स्तरलाई कहाँ पुर्याउँछ भन्ने खालका प्रश्न पनि सोझिएका छन् । कस्तो गीत गाउँदा आफूलाई लामो समयसम्म श्रोताले संझिन्छन् भन्दा पनि के गाउँदा भाइरल भइन्छ भन्ने सोचमा गायक–गायिका लागेका छन् ।

नेपालमा दैनिक आधा दर्जन भन्दा बढी गीत सार्वजनिक त हुन्छन् तर ती गीतमध्ये थोरै मात्र स्तरिय हुन्छन् । दर्शक श्रोताले त गीत आएको केही दिनमै ती गीतलाई विर्सिसक्छन् ।

हाल अमेरिकामा रहेका गायक भगवान भण्डारीले श्रोताका लागि दर्जनौं हिट गीत दिएका छन् । उनको स्वरमा समावेश ‘खैरेनीमा गेट, बनमा काँडा छ, डाली लर्कायो, भूलमा भमरा’ लगायतका गीतले दर्शकको मन जिते । आज पनि उनको स्वरमा समावेश यी गीतलाई श्रोताले उत्तिकै माया दिएका छन् ।

उनै, भण्डारी अहिलेका गायकहरुलाई सुझाव दिदै भन्छन्–‘गायक भनेर चिनिएपछि, कमसेकम आफू मर्दा बजाउन सकिने गीत त गाओ केटा हो ।’ भण्डारीले अहिलेका गायकहरुले भाइरल हुने लोभमा गीतसंगीतको मर्म नै विर्सिएको तर्फ कटाक्ष गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment