+
+
Shares

कालीगण्डकी-तिनाउ डाइभर्सन गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

टोपराज शर्मा टोपराज शर्मा
२०७८ साउन १५ गते १३:००

१५ साउन, बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले कालीगण्डकी-तिनाउ डाइभर्सन गर्नुपर्ने बताएका छन् । शुक्रबार पदभार ग्रहण गर्दै शेरचनले विवाद सुल्झाएर डाइभर्सन अघि बढाउनुपर्ने बताएका हुन् ।

सर्वोच्च अदालतले डाइभर्सनको काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

उत्तरगंगगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुन नदिने उपाय अवलम्बन गर्न सकिने शेरचनले सुझाए । ‘गण्डकी प्रदेश प्रमुख हुँदा पनि मैले यही सुझाव दिएको हुँ,’ उनले भने, ‘डाइभर्सन गरेको पानी जहाँ गए पनि नेपालीले प्रतिफल पाउने हो ।’

शेरचनले संविधानभन्दा माथि कोही नभएकोमा जोड दिंदै आफूले संविधानले निर्दिष्ट गरे अनुसार निर्णय गर्ने बताए ।

आफ्नो कार्यकालमा कुनै अप्रिय विवाद देख्न नपर्ने अवस्था सिर्जना गर्ने उनले बताए ।

लुम्बिनी प्रदेशमा प्राकृतिक स्रोत साधन पर्याप्त भएको उल्लेख गर्दै तिनको सदुपयोग गरी प्रदेशको विकास गर्नुपर्नेमा शेरचनले जोड दिए ।

प्रदेश सरकार, राजनीतिक दल, संघसंस्था र नागरिक समाजसँग छलफल गरेर उनीहरुले दिएका सुझावका आधारमा आफू अघि बढ्ने उनको भनाइ छ ।

प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्नुअघि उनलाई स्वागत गर्न मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित थिएनन् ।

गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?