Comments Add Comment

बुटवलमा बजार अनुगमन, अस्वस्थकर माछा-मासु भेटियो

१४ साउन, बुटवल  । बुटवल उपमहानगरपालिकाको अगुवाइमा शुक्रबार बुटवल बजारको अनुगमन गरिएको छ । अनुगमनको क्रममा  बजारमा अस्वस्थकर माछा-मासु बिक्रीका लागि राखेको भेटिएपछि नष्ट गरिएको छ ।

उपप्रमुख गुमादेवी आचार्यका अनुसार मापदण्ड विपरीत माछा-मासु पसल सञ्चालनमा रहेको पाइएको र त्यस्ता पसलहरुबाट अस्वस्थकर माछा-मासु बिक्रीका लागि राखेको पाइएको हो ।

उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधि सम्मिलित अनुगमन समितिले माछा-मासु पसलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका माछा-मासु तथा मासुजन्य पदार्थ राखेको पाइएको उनले बताइन् ।

बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्जरोड स्थित सद्दाम मासु पसल र कुरैसी मासु पसल अनुगमन गर्दा अवस्थकर मासु फेला परेको अनुगमन टोलीले जनाएको छ ।

बुटवलको तरकारीबजारस्थित सटरमा दुर्गन्ध फैलाउनेगरी मासु पसलहरु सञ्चालन भएको पाइएपछि त्यस्ता पसलहरुलाई सुधार गर्न तथा स्थानान्तरण गर्न सुझाव दिइएको अनुगमन समितिका सदस्य तथा उपभोक्ता हीत संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment