Comments Add Comment

७ वर्षकी बालिका बनिन् संसारकै कान्छी खगोलविद, पत्ता लगाइन् ७ वटा क्षुद्रग्रह

दक्षिण अमेरिकी मुलुक ब्राजिलकी सात वर्षीया एक बालिका निकोल ओलिभियरा संसारकी सबैभन्दा कान्छी खगोलविद् बन्न सफल भएकी छिन् ।

ओलिभियराले अमेरिकी अन्तरीक्ष संस्था नासाका लागि एक दुईवटा होइन सातवटा नयाँ क्षुद्रग्रह पत्ता लगाएकी छिन् ।

उनको उक्त उपलब्धिका निमित्त अन्तराष्ट्रिय एस्ट्रोनोमिकल सर्च कोलाबोरेसन (आइएएससी) ले ओलिभियरालाई संसारकी सबैभन्दा कम उमेरकी खगोलशास्त्री घोषित गरेको हो ।

वास्तवमा निकालले नासाको क्षुद्रग्रह खोज्ने एक प्रतियोगिता एस्टेरोइड्स हन्ट मा भाग लिएकी थिइन् । उक्त कार्यक्रमलाई आइएएससीले आयोजना गरेको थियो जसमा नासाले पनि सहकार्य गरेको थियो ।

निकोललाई हालै ब्राजिलको विज्ञान, प्रविधि मन्त्रालयको खगोल विज्ञान विषयमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्नका लागि आमन्त्रित गरिएको थियो ।

उनी आफ्नो गृहनगर मेसियोस्थित अलागोस खगोलीय अध्ययन केन्द्रकी सबैभन्दा कम उमेरकी सदस्य भएको थाहा भएसँगै मन्त्रालयले उनलाई पनि सम्मेलनमा आमन्त्रण गरेको थियो ।

निकोलले पहिले पनि क्षुद्रग्रह खोज्ने विभिन्न प्रयास गरेकी थिइन् । उनका ती प्रारम्भिक प्रयासहरुले अन्ततः फलिभूत भए र उनले सातवटा नयाँ क्षुद्रग्रह पत्ता लगाउन सकिन् ।

१० वर्षकी क्याथरिनको कीर्तिमान भंग

ब्राजिलकी निकोल संसारकी सबैभन्दा कान्छी खगोलविद् बन्नुभन्दा अगाडि क्यानडाकी क्याथरिन औरोरा ग्रे को नाममा यो कीर्तिमान थियो । क्याथरिनले सन् २०११ मा १० वर्षको उमेरमा एक सुपरनोभा ताराको खोजी गरेकी थिइन् ।

उक्त तारा आकाशगंगामा विस्फोट हुने चरणमा पुगेको थियो उक्त सुपरनोभा ताराको नाम युजीसी ३३७८ हो । क्यामालो पार्डालिस आकाशगंगामा उनले उक्त तारा पत्ता लगाएकी थिइन् । उक्त आकाशगंगा हाम्रो आकाशगंगाभन्दा करीब २४ करोड प्रकाश वर्ष टाढा छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment