+
+

माधव नेपाल समूहका सांसद खतिवडा भन्छन्- यथास्थितिमा हो भने आवश्यक प्रक्रिया शुरु गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १६:२२
एमाले नेता विरोध खतिवडा

१ भदौ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसद विरोध खतिवडाले अझै पनि पार्टी एकताको सम्भावना कायमै रहेको बताएका छन् ।

सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेपाल समूहका सांसदहरु बानेश्वरमा छलफलमा जुटेका थिए । छलफलमा सहभागी सांसद खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन गर्न चाहेको, तर आफूहरुले एकताका लागि पहल गरिरहेको बताए ।

एमाले सांसद खतिवडा भन्छन्, ‘२८ फागुन यताका सबै निर्णयहरु आज राति नै फिर्ता लिएर हाम्रा मागहरुमा सकारात्मक भए अर्को बाटो हिँड्नु नपर्ने हुनसक्छ । यथास्थितिमा हो भने हामी आवश्यक प्रक्रिया शुरु गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?