एकजनामा कोरोना संक्रमण देखिएसँगै न्युजिल्याण्डमा राष्ट्रव्यापी लकडाउन


१ भदौ, काठमाडौं । न्युजिल्याण्डले पछिल्लो ६ महिनामा पहिलोपटक एकजना मानिसमा कोरोना संक्रमण दखिएसँगै राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । न्युजिल्याण्डले कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक साताको लागि लकडाउनको घोषणा गरेको हो भने मुलुकको अन्य स्थानमा तीन दिनमा लकडाउन हट्नेछ ।
न्युजिल्याण्डका अधिकारीहरुले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन् । अहिले न्युजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
अहिले न्युजिल्याण्डमा भेटिएका संक्रमितले भ्रमण गरेको कोरोनामान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताएकी छिन् । उनले यो परिस्थितिका लागि यसअघि नै तयार रहेको बताएकी छिन् ।
अधिकारीहरुले संक्रमितमा देखिएको संक्रमण डेल्टा भेरियन्ट हुन सक्ने भएकाले कडा कदम चालिएको बताएका छन् । न्युजिल्याण्ड कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रणमा सफल भएको मुलुक हो ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4