+
+

भीष्म पितामहले बताएका थिए लामो आयुको रहस्य

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते ११:४४

भीष्म पितामह एक पौराणिक पात्र हुन् । कथा अनुसार उनी राजा शान्तनु र गगांका सन्तान थिए । महाभारतमा उनको विशेष चर्चा गरिएको छ । भीष्म पितामह महान् योद्धा थिए । उत्तम नेतृत्वकर्ता थिए ।

के भनिन्छ भने, भीष्म पितामहलाई आफ्नो इच्छा अनुसार मृत्युवरण गर्न सक्ने वरदान मिलेको थियो । यो वरदान उनलाई पिता शान्तनुबाट मिलेको थियो । उनलाई महाभारतमा श्रेष्ठ, ज्ञानी, पराक्रमी, असल–खराब छुट्याउन सक्ने पात्रको रुपमा चित्रित गरिएको छ ।

भीष्म पितामहले जीवन र जगतका बारेमा थुप्रै उपयोगी कुरा बताएका थिए । उनले कसरी दीर्घजीवन प्राप्त गर्ने भन्ने कुराको रहस्य पनि खोलेका थिए ।

जीवन परित्याग नगरौं

एता बुद्धिं समांस्थय जीवितत्यं सदा भवेत्

जीवन् पुण्यमवाप्नोति पुरुषो भद्रमश्नुते ।।

भीष्म पितामहले उक्त श्लोकको माध्यामबाट भनेका छन् कि पुण्य संचय गर्नु जरुरी छ । यद्यपि जो व्यक्ति जीवित रहन्छन्, उनीहरुले नै पुण्य सञ्चय गर्छन् । यसले आयुमा बुद्धि हुन्छ । त्यसैले कहिले पनि जीवन परित्याग गर्नु हुँदैन । पितामह भीष्मले भनेका छन् कि जीवनबाट कहिल्यै निराश हुनुहुँदैन र आत्महत्याको विचार कहिले पनि मनमा आउन दिन हुँदैन ।

जे गर्नुपर्छ, त्यो गरौं

यथा यथैव जीवेद्धि तत्कर्तव्यमहेलया

जीवितं मरणाच्छयो जीवन्धर्ममवाप्नुयात्

भीष्म पितामह उक्त श्लोकको माध्यामबाट के भन्न चाहन्छन् भने जीवनलाई बचाइराख्नका लागि जे गर्नुपर्छ, त्यो गरौं । मर्नु भन्दा जिउनु राम्रो हो । यसैले बाँच्नका लागि जे जति गर्नुपर्छ, त्यो गरौं । तर ध्यान राख्नुपर्ने कुरा भने यो सद्कर्म हुनुपर्छ । यसबाट धर्म पनि मिल्छ र जीवन पनि राम्ररी चल्छ । यदि लामो आयु बाँच्ने हो भनो खराब परिस्थितीमा पनि जीवनप्रतिको आशा नछाडौं ।

आचारले लामो आयु

आचाराल्लभते ह्यायुराचाराल्लभते श्रियम्

आचारात्कीर्तिमाप्नोति पुरुष: प्रेत्य चेह च ।।

उक्त श्लोकको माध्यामबाट भीष्म पितामहले भनेका छन् कि आचारले मान्छेको जीवनमा दीर्घायु मिल्छ । यसले मान्छेलाई सम्पति पनि प्राप्त हुन्छ । पितामह भन्छन् कि अचार विचारले नै मान्छेले यो लोक र परलोकमा निर्मल कीर्ति प्राप्त गर्छन् । यसैले लामो आयु पाउनका लागि आचरण शुद्ध हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?