
२ भदौ, सप्तरी । दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट युवा संघ नेपालले सप्तरी सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार युवा संघले राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
युवा संघका जिल्ला अध्यक्ष चितरञ्जन यादवको नेतृत्वमा युवाहरुले मसाल जुलुस निकालेका हुन् । नगरको विभिन्न भागमा मसाल जुलुस प्रदर्शन गर्दै स्थानीय जनआन्दोलन चोकमा पुगी कोणसभाको आयोजना गरिएको थियो ।
कोणसभामा बोल्दै वक्ताहरुले दल विभाजनलाई बढावा दिने किसिमले ल्याएको अध्यादेश खारेज हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4