+
+

अफगानिस्तानका राष्ट्रपति युएईमा, भन्छन्-स्वदेश फिर्ताबारे छलफल भइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते ७:५८

३ भदौ, काठमाडौं । विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देश छाडेका राष्ट्रपति असरफ घानीले संयुक्त अरब इमिरेट्स (युएई)मा शरण लिएका छन् ।

युएईका परराष्ट्र मन्त्रीले घानी र उनको परिवारका सदस्यलाई मानवीय दृष्टिले आफ्नो देशमा स्वागत गरिएको बताएका छन् ।

तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरेलगत्तै गत आइतबार घानीले देश छाडेका थिए । शुरुमा उनी भागेर ताजिकिस्तान गएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि फेरि राष्ट्रपति घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सलाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएको व्यक्तिगत सुरक्षा गार्डलाई उद्धृत गर्दै अल–जजीराले समाचार सार्वजनिक गरेको थियो ।

७२ वर्षीय घानीले आफू छिट्टै अफगानिस्तान फर्किनेबारे छलफल भइरहेको पनि बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

रकम लिएर देश छोडेको समाचार खण्डन

उनले आफूले ठूलो रकम लिएर देश छोडेको भनेर आएको खबरमा कुनै सत्यता नभएको स्पष्टीकरण पनि दिएका छन् ।

ताजकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले घानीले देश छोड्ने बेला करिब १६.९ करोड डलर रकम पनि सँगै लिएर गएको दाबी गरेका थिए ।

भारतीय मिडियाहरुले त बोरामा रकम कोचीकोची लगेको र नअट्ने भएपछि केही रकम निवासमै छाडेको समाचार लेखेका थिए । यद्यपि यो समाचार पुष्टि भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?