+
+

१६ लाख फलोअर्स कमाएकी अदितीको इन्स्टाग्राममा बोल्ड अवतार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १३:२९

नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १६ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् ।

उनै, अदिती आफ्ना बोल्ड तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्न माहिर छिन् । चलचित्र ‘बाबरी क्याफे’को छायांकनका लागि केही महिना अगाडि नेपाल आएकी उनी हाल मुम्बइमा छिन् । कोरोनाको दोश्रो लहरका कारण चलचित्रको छायांकन रोकियो । यसपछि, अदिती मुम्बई पुगिन् ।

मुम्बइको समुन्द्री तटमा विकिनीमा रमाउँदै गरेकी अदितीको तस्वीर सार्वजनिक भएको छ । उनले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरमा उनी कालो विकिनीमा देखिएकी छिन् । अदितीको यी तस्वीरमा १ लाख ७५ हजार भन्दा बढी लाइक आएको छ । चलचित्रमा सफ्ट भूमिकामा देखिएपनि अदिती इन्स्टाग्राममा भने बोल्ड अवतारमा देखिने गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?