+
+

‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १३:५६

सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन सुरु भएको छ । भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौं ३१ गतेसम्म चल्नेछ । अडिसनमा सहभागी हुन प्रतियोगीले मोबाइलको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ ।

एप्लिकेशनमा आफ्नै स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गराएर अपलोड गरेर अडिसन दिन सकिने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले जानकारी दिए । प्रतियोगीहरुबाट गीत अपलोड गर्ने क्रम जारी रहेको उनले बताए । डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपालीले सहभागीता जनाउन सक्नेछन् ।

भदौ ३१ गतेपछि आएका गीतमध्येबाट छनोट प्रक्रिया अगाडि बढाइने आयोजकको भनाई छ । ‘नेपाल आइडल सिजन-४’मा यसअघिका निर्णायक नहुने आयोजकले जनाईसकेको छ । निर्णायक को हुने भन्ने शुक्रबार फाइनल गर्ने तयारी रहेको निर्देशक पौडलले अनलाइनखबरलाई जानकारी दिए । ‘नेपाल आइडल’ एपिवान टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?