+
+

अफगानिस्तानमा रहेका सबै अमेरिकीलाई स्वदेश ल्याइन्छ : राष्ट्रपति बाइडन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १४:३७

३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा रहेका सबै अमेरिकी नागरिकलाई स्वदेश ल्याइने बताएका छन् । उनले आवश्यक परे अफगानिस्तानमा अमेरिकी सेना यसअघि दिइएको अन्तिम म्यादसम्मै बस्न सक्ने बताएका छन् । तालिबानका लडाकुले उद्धारको पर्खाइमा रहेका मानिसलाई विमानस्थलमा आउन नदिएको समाचारसँगै बाइडनले यस्तो बताएका हुन् ।

बाइडन अगष्टको अन्तिमसम्ममा सबै अमेरिकी सैनिक फिर्ता ल्याउन चाहन्छन् । तर, अझै पनि अफगानिस्तानमा करीब १५ हजार अमेरिकी नागरिक फसेका छन् ।

एबीसी न्युजसँगको कुराकानीमा उनले अब अफगानिस्तानको हिंसा रोक्न नसक्ने बताएका छन् । अहिले अफगानिस्तानबाट अन्य मुलुकले आफ्ना नागरिक तथा आफूसँग काम गरेका मानिसहरुलाई धमाधम उद्धार गरिरहेका छन् ।

यद्यपि तालिबानले भने मानिसहरुलाई एयरपोर्ट जानबाट रोकिरहेको छ । मंगलबार एयरपोर्टतर्फ गइरहेका एक दोभाषेलाई तालिबानले खुट्टामा गोली हानेको थियो । केही अमेरिकी नागरिकले पनि आफूहरु तय गरिएको उद्धार उडानसम्म पुग्न नपाएको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?