
३ भदौ, काठमाडौं । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको बाँकी मात्रा भदौ पहिलो हप्ताभित्र नेपाल आइपुग्ने भएको छ ।
जापानले नेपाललाई १६ लाख १४ हजार ७४० लाख डोज एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । जसमध्ये साउन २३-२४ गते दुई खेपमा ५० प्रतिशत अर्थात ८ लाख डोज एस्ट्राजेनेका खोप नेपाल भित्रिएको थियो ।
जापान सरकारको अनुदानमा प्राप्त १६,१४,७४०मात्रा अष्ट्राजेनेका खोपमध्ये नेपाल ल्याउन बाँकी रहेको पचास प्रतिशत खोप भाद्र ५-७ गते भित्र काठमाडौं ल्याइने भएको छ। यसअघि जापानबाट साउन २३-२४मा खोप प्राप्त भएको थियो। जापान सरकारले कोभ्याक्समार्फत प्रदान गरेको सहयोगका लागि हार्दिक धन्यवाद! pic.twitter.com/GHuL3FPkWV
— Umesh Shrestha (@MohpStateMin) August 19, 2021
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेर श्रेष्ठले जापानले अनुदानमा दिएको एस्ट्राजेनेका खोपको बाँकी मात्रा (५० प्रतिशत) भदौ ५–७ गतेभित्र नेपाल आइसक्ने बताएका छन् ।
राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘जापान सरकारको अनुदानमा प्राप्त १६,१४,७४० मात्रा एस्ट्राजेनेका खोपमध्ये नेपाल ल्याउन बाँकी रहेको ५० प्रतिशत खोप भदौ ५–७ गतेभित्र काठमाडौं ल्याइने भएको छ । यसअघि साउन २३ र २४ गते खोप प्राप्त भएको थियो । जापान सरकारले कोभ्याक्समार्फत प्रदान गरेको सहयोगका लागि हार्दिक धन्यवाद ।’
प्रतिक्रिया 4