+
+

भूपू गोर्खाको मागबारे नेपालीसँग वार्ता गर्न बेलायत तयार, तोडियो अनसन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते २१:५६
जुस पिलाएर अनशल तोडाउँदै बेलायती रक्षामन्त्री डोचर्डी र नेपाली राजदूत रेग्मी । तस्वीरः लण्डन नेपाल न्युज

३ भदौ, काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएको छ । यससँगै लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि भूपू गोर्खाहरुले थालेको आमरण अनसन तोडिएको छ ।

समानताको माग गर्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ ७ अगष्टदेखि अनसनमा बसेका थिए । बिहीबार बेलायती रक्षामन्त्री लियो डोचर्डी आफैं अनसन स्थलमा पुगे दीर्घकालीन समाधान खोज्न द्वीपक्षीय कमिटी बनाउन प्रतिवद्धता जनाएका छन् ।

उनको लिखित पत्रमा भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्विपक्षीय कमिटी बनाउने र भूपू गोर्खाहरुका पनि प्रतिनिधि रहने उल्लेख छ ।

वार्ता समितिले टेक्निकल कमिटीको रिपोर्टलाई प्रारम्भीक आधार मानेर डिसेम्बरबाट औपचारिक काम थाल्नेछ । त्यसअघि ८ सेप्टेम्बर २०२१ मा रक्षामन्त्री, नेपाली राजदूत र भूपू गोर्खाका प्रतिनिधिहरुबीच छलफल गर्ने सहमति भएको छ ।

गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राई भन्छन्, ‘हामीले राखेको मागलाई दुबै सरकारले स्वीकार गरेको छ । रक्षामन्त्री वार्तामा बस्न तयार हुनुभयो । उहाँहरुले कहिल्यै यो रह्यो, यो रह्यो नहोस्, सबै समाधान गर्छौं भन्नु भएको छ ।’

अनसन तोडिँदा भूपू गोर्खाहरु निकै भावुक भएका थिए । उनीहरुले दुबै सरकारलाई धन्यवाद दिएका छन् र आफ्ना सन्तानले यस्तो पीडा भोग्नु नपरोस् भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?