+
+

माधव नेपालको पार्टीको नामबाट एमाले हट्ने !

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते ११:३५

४ भदौ, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ ।

एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिएका थिए । यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी छ ।

त्यसको अघिल्लो दिन एमाले समाजवादी नेता डा. विजय पौडेल आयोग पुगेका थिए । आयोगका अधिकारीहरुलाई भेट्दा सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका छन् । पौडेलले नेकपा एमाले समाजवादी नभए नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी राख्न मिल्छ त भनेर समेत सोधेका थिए ।

नेपाल समूहका नेताहरुका अनुसार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?