+
+

एक सातामा सुनको मूल्य तोलामा १८ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १२:२२

४ भदौं, काठमाडौं । एक सातामा सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको छ । गत साता तोलामा ९० हजार रुपैयाँ तल झरेको सुनको मूल्य यो साता अधिकतम् ९१ हजार दुई सय रुपैयाँ पुगेको हो ।

गत शुक्रबार ८९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । आज बिहीबारको तुलनामा तोलामा ४ सयले बढेर छापावाल सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको भाउ ९० हजार ७ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

बिहीबार ११ सय ८० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ११ सय ९५ रुपैयाँ तोकिएको छ । यो साता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि देखियो । तोलामा कम्तीमा ११ सय ८५ देखि अधिकतम् १२ सय ५सम्ममा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?