+
+
Shares

आज पनि बढ्यो सुनको भाउ, कति छ तोलाको ?

बुधबार प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको सुन आज बिहीबार  ६ सय रुपैयाँ बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १२:०२

२५ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको भाउ दैनिक उकालो लाग्न थालेको छ । बुधबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको सुन आज बिहीबार ६ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार भने तोलाको  १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने १० रुपैयाँ घटेको छ । बुधबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहीबार घटेर तोलामा १ हजार ९ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?