+
+

एमालेका १४ सांसदलाई कारबाही गर्न मिल्दैन : डा. देवकोटा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १३:५४
फाइल तस्वीर

४ भदौ, काठमाडौं । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले नेकपा एमालेका १४ जना सांसदमाथि कारबाही गर्न नसक्ने बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६(२) अनुसार संसदमा विश्वासको मत लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रीय कमिटी कुनैमा पनि निर्णय नभएको उनले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा राख्दै डा. देवकोटाले दलीय व्यवस्थामा हरेक निर्णय राजनीतिक दलभित्र हुनुपर्ने तर १४ जना सांसदमाथि गरिएको कारबाही प्रतिसोध साँधने उद्देश्यबाट प्रेरित भएको उनले टिप्पणी गरेका छन् ।

संविधानको अघिल्लो धारा क्रियाशील भएपछि पछिल्लो धारा स्वतः निष्क्रिय हुने बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘…. ७६(२) को प्रयोजनका लागि सोधिएको स्पष्टीकरणलाई थाँती राखी ७६(३) र ७६(५)लाई क्रियाशील गराइएको छ । यति मात्र होइन संसद विघटन गरिएको छ । स्पष्टीकरण सोधिएका सांसदहरुकै हस्ताक्षरका कारण संसद पुनर्स्थापना भइसकेको छ । उहाँहरुकै हस्ताक्षरका कारण सरकारले विश्वासको मत पाएको छ । यति धेरै घटनाक्रम विकास भइसकेको अवस्थामा अब पछाडि फर्किएर धारा ७६(२)मा सहयोग नगरेको आधारमा कारबाही गर भन्न मिल्छ ?’

उनले तथ्य र प्रमाणविना प्रतिसोध साँध्न लेखिएको चिठीको आधारमा सभामुखले कारबाही गर्न नमिल्ने धारणा राखेका छन् । यसका लागि सभामुखमाथि दबाब दिनु विधिको शासनभित्र नपर्ने समेत उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?