+
+

सिड्नीका केही स्थानमा रात्रीकालीन कर्फ्यु घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १४:२२

४ भदौ, काठमाडौं । अष्ट्रेलियाको ठूलो शहर सिड्नीको कोरोना भाइरस संक्रमण अत्यधिक फैलिएको क्षेत्रमा रात्रीकालीन कर्फ्यु घोषणा गरिएको छ । साथै सिड्नीमा जारी लकडाउन पनि लम्ब्याइएको छ ।

पछिल्लो समय सिड्नीमा ठूलो संख्यामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । न्यु साउथ वेल्स सरकारले संक्रमण नियन्त्रणका भन्दै लामो समयदेखि लकडाउन जारी राखेको छ । तर, यसले पनि संक्रमण भने नियन्त्रणमा आउन सकेको छैन ।

शुक्रबार न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले पछिल्लो केही दिनयता दैनिक ६ सयभन्दा धेरै संक्रमित देखिन थालेको भन्दै अहिले लम्ब्याइएको लकडाउनमा जनस्वास्थ्यका थप केही मापदण्डहरु थप गरिएको बताएकी छन् । उनले स्वास्थ्य र प्रहरीले एकसाथ काम गर्नुपर्ने बताएकी छन् ।

सिड्नीमा कोरोना संक्रमणको केन्द्रको रुपमा रहेको १२ काउन्सिल एरियामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यु घोषणा गरिएको छ । उक्त क्षेत्रमा प्रवेश गर्ने जो कोहीलाई १४ दिनमा क्वारेन्टिनमा राखिने अधिकारीहरुले बताएका छन् ।

शुक्रबार न्यु साउथ वेल्समा कोरोनाका ६४४ नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये अधिकांश सिड्नीका छन् । यसअघि बिहीबार न्यु साउथ वेल्समा ६८१ नयाँ संक्रमित थपिएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?